चुनाव खारेजी अभियानका क्रममा पक्राउ परेका नेकपा नेताहरु रिहा

  • धनुषा ।

तेस्रो चरणको चुनाव खारेजी अभियानका क्रममा विभिन्न स्थानबाट प्रहरीद्वारा पक्राउ गरिएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दर्जन नेता कार्यकर्ता रिहा भएका छन् ।

धनुषाबाट पक्राउ गरिएका नेकपाका केन्द्रीय सदस्य देवनारायण साह, जनकपुर ब्यूरो सचिव राजु कार्कीसहित ११ राजबन्दी आइतबार अपरान्ह जनकपुरबाट रिहा भएका हुन् । धेरैलाई साधारण तारेखमा छाडिएको नेकपा जनकपुर ब्यूरोले जनाएको छ ।

अन्य हुनेहरुमा लक्ष्मण पौडेल, पवन महत्तो, प्रमोद गिरी, आदम कवारी, गौरी मण्डल, रामकुमार श्रेष्ठलगायत छन् । रिहा भएलगत्तै सबैलाई नेकपा जनकपुर ब्युरोले अभिनन्दन गर्दै सरकारी दमन र अत्याचारसामू एकीकृत जनक्रान्तिको यात्रा नरोकिने बताएको छ ।

नेकपा केन्द्रीय सदस्य तथा जनकपुर ब्युरो इन्चार्ज सन्देश पौडेल, रामलखन महतो, मिथिला चौहानलगायत नेताहरुले एक कार्यक्रमबीच रिहा भएका नेताहरुलाई अभिन्दन गरेका थिए ।

२०७४ असोज ८ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...