रामेछापमा यात्रुबाहक बस दुर्घटना, तीन जनाको मृत्यु, २० घाइते

  • चरीकोट ।

रामेछापमा यात्रुबाहक बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै ज्यान गएको छ भने २० जना घाइते भएका छन् । 

रामेछापको रामेछाप नगरपालिका-८ सानुवारीबाट काठमाडौं आउन लागेको बा २ ख ६३७५ नम्बरको हिमाल तराई यातायातको बस सडकबाट करीब ३० मिटर तल खसेको छ । 

ज्यान गुमाउनेहरुमामा रामेछाप नगरपालिका-८ का दिपक श्रेष्ठ, रामेछाप नगरपालिका-६ की २५ बर्षीया उमा बस्नेत र ठेगाना नखुलेकी बालकुमारी बस्नेत रहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक राजकुमार थापाले जानकारी दिए ।

घाइतेहरुको सदरमुकाम मन्थलीमा रहेका विभिन्न अस्पतालमा उपचार भैरहेको बताइएको छ । घटनाको कसरी भयो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

२०७४ असोज ६ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...