दशैंका लागि घर जान अग्रिम टिकट बुकिङ खुल्यो

  • बिनिता सिंह, काठमाडौँ ।
दशैमा घर जाने यात्रुका लागि सार्वजनिक सवारीको अग्रिम टिकट बुकिङ खुल्ला भएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले नयाँ बसपार्कमा एक औपचारिक कार्यक्रमको आयोजना गरी मंगलबारदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरेको हो ।

अब दशैका लागि घर फर्किन चाहाने यात्रुहरुले लामो दूरीका सवारीका लागि नयाँ बसपार्कबाट टिकट बुक गर्न   सक्नेछन ।

यातायात व्यवसायीको असहमतिका कारण यातायात व्यवस्था विभागले टिकट खुलाउन सकेको थिएन । गत शनिबार भौतिक पूर्वाधार तथा यातायातमन्त्री वीरबहादुर बलायरको पहलमा यातायात व्यवस्था विभाग र व्यवसायीबीच सहमति भएपछि खुल्ला गरिएको हो । यसअघि भदौ २२ गतेदेखि टिकट बुकिङ खुला गर्ने बताइएको थियो ।

महासंघले आज बिहान छ बजेदेखि अग्रिम टिकट बुकिङ नयाँ बसपार्कमा खुला भएको हो । बसको छत राख्न नपाउने कानूनी व्यवस्था भए पनि व्यवसायीको दबाबपछि यातायात व्यवस्था विभागले हालका लागि छत राख्न छुट दिएपछि व्यवसायीले अग्रिम टिकट बुकिङ खुला गर्न सहमत भएका हुन् ।

लामो दूरीमा यात्रा गर्ने यात्रुको सामान बाहेक यात्रु, खसी, बोका छतमा राखे ट्राफिक प्रहरीले कारबाही गर्ने सहमति समेत भएको छ । प्रत्येक बर्ष दशैमा राजधानी बाट दशैको बेला लाखौँको सख्यामा घर फर्किने गरेका छन् ।

२०७४ भदौ २७ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...