धरपकड र गिरफ्तारी बढाएपछि जनार्दन गृह प्रशासनलाई युवा जनस्वयंसेवकको कडा चेतावनी (विज्ञप्तिसहित)

  • राजिब चन्द, पोखरा ।
नेपाल कम्युनिष्ट पार्टीनिकट राष्ट्रिय युवा जनस्वयंसेवकले शेरबहादुर देउवा सरकारका गृहमन्त्री जनार्दन शर्माले आफ्ना नेता कार्यकर्ताहरुमाथि अनावश्यक धरपकड, खानतलासी र गिरफ्तारी बढाएको भन्दै कडा आपत्ति जनाएको छ ।

जनस्वयंसेवकका कास्की जिल्ला संयोजक सागरले मंगलबार एक बिज्ञप्ति सार्वजनिक गर्दै राज्यसत्ताका संचालकहरुले आफुहरुमाथी चर्काे दमन, खानतलासी, धरपकड गएको भन्दै गृह प्रशासनप्रति घोर भत्र्सना गरेका छन्। 

'यो प्रतिक्रियावादी दलाल राज्यसत्ताका संचालकहरुले हामीहरु माथी चर्काे दमन, खानतलासी, धरपकड जनस्तरसम्म आतंकित पार्दै हिजो भाद्र २६ गते हाम्रो पार्टी र संगठनको कार्यालयमा समेत अनावश्यक खानतलासी गर्ने कार्यप्रति हाम्रो युवा संगठन गृह प्रशासनप्रति घोर भत्र्सना गर्दछ ।' 

राज्य र गृहप्रशासनले यस्ता खालका गतिविधीहरु नरोके र आफ्ना नेता कार्यकर्ता तुरुन्त रिहाई नगरे आफुहरु जस्तोसुकै संघर्षमा समेत जान सक्ने अध्यक्ष सगरको चेतावनी छ ।

'भाद्र २६ गते र आज बिहान, ने.क पा. कास्की जिल्ला सेक्रेटरी नन्द प्रसाद तिवारी (क.जगन), जिल्ला सदस्य गोविन्द ओली (क. सबिन) , राष्ट्रिय युवा जनस्वयंसेवकका कास्की जिल्ला सचिव लोकेन्द्र राई सदस्यहरु बालकृष्ण अधिकारी लगायत का अन्य कम्रेडहरुलाई समेत बिनाकारण गिरफ्तार गरेको कारण बिनासर्त यथाशिघ्र रिहाई को माग गर्दछौं ।' बिज्ञप्तिमा भनिएको छ ।

उनले आम संचारकर्मी, मानव अधिकारवादी, बुद्धिजिवी तथा नागरिक समाजका अगुवा लगायतलाई आफ्ना गिरफ्तार नेता कार्यकर्ता रिहाईको पहल गरिदिन आह्वान समेत गरेका छन् । 

युवा जनस्वयंसेवकले गत शनिबार संगठनले कास्की जिल्लाको भेला सम्पन्न गरेर पार्टी काममा सक्रियता देखाएपछि नेकपानिकट युवाहरुलाई प्रहरीले निगरानीमा राखेको छ । सोमबार र मंगलबार गरी कास्की प्रहरीले युवा जनस्वयंसेवकका आधा दर्जनबढी नेता कार्यकर्ता गिरफ्तार गरेको छ भने आइतबार नेकपा कास्कीका सेक्रेटरी जगनलाई समेत गिरफ्तार गरेको छ ।

हेर्नुहोस् बज्ञप्ति

आदरणिय संचारकर्मी, पत्रकार मित्रहरु,
देशमा यतिवेला मंहगी, भ्रष्टचार, कालाबजारी, तस्कर र दलालहरुको विग्विगी बढिरहेको बेला हाम्रो पार्टी ने.क.पा. जुझारु युवा संगठन राष्ट्रिय युवा जनस्वयंसेवक मुकदर्शक बनेर बसिरहन सक्दैन र यसका बिरुद्ध जनताको पक्षमा निरन्तर लडिरहने कुरा पनि सर्वविदितै छ ।

हालै यही भदौ महिनाको २४ गते हाम्रो संगठनले कास्की जिल्लाको भेला सम्पन्न गरेर आउँदा सम्म, यो प्रतिक्रियावादी दलाल राज्यसत्ताका संचालकहरुले हामीहरु माथी चर्काे दमन, खानतलासी, धरपकड जनस्तरसम्म आतंकित पार्दै हिजो भाद्र २६ गते हाम्रो पार्टी र संगठनको कार्यालयमा समेत अनावश्यक खानतलासी गर्ने कार्यप्रति हाम्रो युवा संगठन गृह प्रशासनप्रति घोर भत्र्सना गर्दछ । 

यसैमा हिजो भाद्र २६ गते र आज बिहान, ने.क पा. कास्की जिल्ला सेक्रेटरी नन्द प्रसाद तिवारी (क.जगन), जिल्ला सदस्य गोविन्द ओली (क. सबिन) , राष्ट्रिय  युवा जनस्वयंसेवकका कास्की जिल्ला सचिव लोकेन्द्र राई सदस्यहरु बालकृष्ण अधिकारी लगायत का अन्य कम्रेडहरुलाई समेत बिनाकारण गिरफ्तार गरेको कारण बिनासर्त यथाशिघ्र रिहाई को माग गर्दछौं । साथै राज्य र गृहप्रशासनले यस्ता खालका गतिविधीहरु नरोके र तुरुन्त रिहाई नगरे हामी जनप्रतिरोध वा जस्तोसुकै संघर्षमा समेत जान सक्ने चेतावनी पनि दिन चाहान्छौं ।

अन्तमा, हामी आम संचारकर्मी मित्रहरु , मानव अधिकारवादी,  मित्रहरु, मानव अधिकारवादी, बुद्धिजिवी तथा नागरिक समाजका कार्यकर्ता लगायतलाई हाम्रा गिरफ्तार नेता कार्यकर्ता रिहाईको पहल  गरिदिन र राज्यद्धारा गरीएको दमनको विरोधमा उत्रिन समेत आह्वान गर्दछौं । 


..........................
भैराम पुन (सागर)
अध्यक्ष
राष्ट्रिय युवा जनस्वयंसेवक, कास्की


२०७४ भदौ २७ मा प्रकाशित 

, ,

प्रतिकृया दिनुहोस्

Loading...