रुरल माइक्रोफाइनान्सका साझेदार संस्थाहरुको वार्षिक समिक्षा गोष्ठी सम्पन्न

  • पोखरा ।
रुरल माईक्रोफाईनान्स डेभलपमेण्ट सेण्टर लिमिटेड काठमाडौंको आयोजनामा साझेदार संस्थाहरुको दुई दिने वार्षिक समिक्षा गोष्ठी’ सम्पन्न भएको छ । 

भाद्र २५ देखि २६ गतेसम्म पोखराको ल्याण्डमार्कमा  सन्चालन भएको उक्त गोष्ठीमा सेण्टरका साझेदार लघुवित्त बैंकहरु, वित्तिय मध्यस्थकर्ताको रुपमा काम गर्न गैैरसरकारी संस्थाहरु र सहकारी संस्थाहरुबाट जम्मा ५० जनाको सहभागिता रहेकोे थियो । 

गोष्ठीको शुभारम्भमा सेण्टरका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाले सेण्टरले आयोजना गर्ने यस्तै अन्य क्षेत्रमा हुने समीक्षा गोष्ठी बाट प्राप्त हुने निचोड लाई नीति निर्माण तहमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

गोष्ठीको संयोजक तथा वरिष्ठ प्रबन्धक अन्नपुर्ण श्रेष्ठले गोष्ठीका सहभागिहरुलाई स्वागत गर्देै आरएमडीसीले सुरुदेखि सुरक्षित, स्वस्थ र दिगो लघुवित्तकोे परिकल्पना गर्दै लघुवित्त संस्थाहरुलाई सजग गराउदै आएकोमा आजको दिनमा यसको अझ बढी सान्र्दभिकता भएकोले लघुवित्त सस्थाहरु चिन्तनशिल हुनु जरुरी रहेको बताए ।

गोष्ठीमा उपस्थित प्रतिनिधिले आ—आफ्नो संस्थाको प्रगति विवरण, संस्थाका समस्या, चुनौति तथा अनुभव र संस्थाले गरेका राम्रा प्रयासहरु बारे प्रस्तुतिकरण गरेका थिए । त्यस्तै लघुवित्त क्षेत्रमा देखिएका समस्याहरु तथा चुनौतीहरु पहिचान र समूहगत छलफल समेत गरिएको थियो । 

सहभागी लघुवित्त संस्थाका प्रतिनिधिहरुबाट एउटा संकल्प तयार भएको वरिष्ठ प्रबन्धक श्रेष्ठले बताए  । संकल्पमा संस्थागत सुशासन, आन्तरिक व्यवस्थापन तथा नियन्त्रण प्रणालीलाई सुदृढ बनाउने, वित्तीय साक्षरता र सदस्य शिक्षालाई प्रभावकारी बनाउने, नीति तथा मापदण्डको पालना गर्ने, नीतिगत सुधारको लागि पहल गर्ने तथा हाल लघुवित्तमा देखिएका समस्यालाई नयाँ विधि तथा प्रविधीबाट समाधान गर्ने लगाएतका प्रतिबद्धता गरिएका छन्  । 

गोष्ठिमा सेण्टरका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझा, सेण्टरका वरिष्ठ प्रबन्धक द्घय पृथ बहादुर थापा र अन्नपुर्ण श्रेष्ठको सहभागिता रहेको थियो ।

२०७४ भदौ २७ मा प्रकाशित ।

प्रतिकृया दिनुहोस्

Loading...