धितोपत्र बजार: तीन अर्ब ६१ करोड ५७ लाखबढीको कारोबार


काठमाडौँ ।

धितोपत्र बजारमा यस साता रु तीन अर्ब ६१ करोड ५७ लाख १७ हजार मूल्यबराबरको शेयर कारोबार भएको छ । 
नेपाल स्टक एक्चेन्जका अनुसार कुल १७७ कम्पनीको ६८ लाख चार हजार १६० कित्ता शेयर खरिद बिक्री भएका छन् । 

कारोबार रकम गत साताको भन्दा ५५.८० प्रतिशत बढी हो । गत साता १७१ कम्पनीको रु दुई अर्ब ३२ करोड सात लाख ३३ हजारबराबरका ४३ लाख ७७ हजार ३७० कित्ता शेयर खरिद बिक्री भएका थिए । 

साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा १०.६५ अंकले बढेर अन्तिम दिन एक हजार ५३०.३१ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा १.५ अंकले बढेर ३२०.७३ अंकमा आइपुगेको छ । 

यस साता कारोबार रकमका आधारमा नबिल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । सो बैंकको रु १९ करोड १४ लाख ४० हजार बराबरको कारोबार भएको थियो । यस्तै शेयर संख्याका आधारमा नेपाल बैंक कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । उक्त बैंकको तीन लाख ५४ हजार कित्ता शेयर कारोबार भएको थियो । 

यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि पाँच दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रको कुनै पनि कारोबार भएन । यस साता मिर्मिरे माइक्रो क्रेडिट डेभलपमेन्ट बैंक, हाम्रो विकास बैंक र स्वरोजगार लघुवित्त विकास बैंकको हकप्रद शेयर सूचीकृत भएको छ ।

,

प्रतिकृया दिनुहोस्

Loading...