काभ्रेबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, एकिन विवरण आउँन बाकी

  • काठमाडौँ। 
काभ्रेबाट काठमाडौँ आउंदै गरेको बस दुर्घटना भएको खबर प्राप्त भएको छ । काभ्रेपलाञ्चोकको पनौतीबाट काठमाडौँतर्फ आइरहेको बा २ ख ९५८० नम्बरकाे बस दुर्घटनामा परेको हो । 

अरनिको राजमार्ग खण्डअन्तर्गत जोरपाटीमा आज बिहान करिब ८ बजेतिर तीव्र गतिमा आइरहेको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् ।

बस सूर्यविनायक नगरपालिकाको जोरपाटीमा सडकबाट खेतमा खसेर दुर्घटनामा परेको बताइएको छ । स्थानीयवासीले यात्रुको उद्धार गरेर उपचारका लागि मध्यपुर अस्पताल पठाएका छन् ।

दुर्घटनाबाट थप के कति क्षति भएको छ भन्ने बारे अहिलेसम्म प्रहरीले आधिकारिक जानकारी दिएको छैन । 

२०७४ भदौ १७ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...