अखिल क्रान्तिकारीको अध्यक्षमा रञ्‍जित तामाङ विजयी

  • काठमाडौं । 
माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको नयाँ अध्यक्षमा रञ्‍जित तामाङ विजयी भएका छन् ।

शनिबार विहान सम्पन्‍न मत गणनाअनुसार तमाङले अर्का प्रतिस्पर्धी अनिल शर्मालाई २१ मतले पराजित गरेका छन् ।

पराजित शर्मा गृहमन्त्री जनार्दन शर्माका भाई हुन् । भाईलाई जिताउन लागिपरेका शर्माले पार्टीभित्र आलोचना समेत खेप्नु पर्यो ।

यसैगरी खुल्ला उपाध्यक्षमा सुरेन्द्र वस्नेत, तिलक भण्डारी, दिपक देवकोटा र विजय गौतम विजयी भएका छन् ।
-जनजाति उपाध्यक्षमा दिपेश पुन र महिला उपाध्यक्षमा पन्चा सिंह विजयी भए ।

-क्रान्तिकारीको महासचिवमा उत्तम अधिकारी विजयी भएका छन् ।

-उपमहासचिव जीपी मैनाली, तुकमान महरा निर्वाचित भएका छन् । आशा तमु यसअघि नै महिला कोटाबाट निर्विरोध उपमहासचिव चुनिएकी छन् ।

-खुला सचिवमा डीबी साउद र नरेश रेग्मी तथा महिला सचिवमा गंगा दाहाल विजयी भएका छन् ।

-कोषाध्यक्षमा केशव रावल विजयी भए ।

२०७४ भदौ १७ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...