७.१ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प जाँदा १ सय ३० जनाको मृत्यु

  • काठमाडौं ।
मध्य मेक्सिकोमा शक्तिशाली भूकम्प आउँदा कम्तीमा १ सय ३० जनाको ज्यान गएको छ । राजधानी मेक्सिको सिटीमा दर्जनौं घरहरु भत्किएको छ।

उद्दारकर्ताहरुले भग्नावशेषमा पुरिएका हुनसक्ने जीवितहरुको खोजी गरिरहेका छन्। उनीहरुले मृत्यु हुनेको संख्या बढ्ने बताएका छन्। ७.१ म्याग्नीच्यूडको भूकम्पले मोरेलोस, प्युब्ला र मेक्सिको राज्यमा क्षति पुर्याएको हो।

३२ वर्ष अघि आएको ठूलो भूकम्पले हजारौं मारिएको वार्षिकोत्सवका दिन थुप्रै मानिसहरु भूकम्प आउँदा बच्ने उपायको पूर्वाभ्यास गरिरहेका बेला भूकम्प गएको थियो।

मेक्सिको सिटीको विमानस्थल केही समयका लागि बन्द गरिएको थियो र शहरभरका घरहरु खाली गराइएका थिए।

मेक्सिको भूकम्पको खतरामा रहेको मुलुक हो। यो महिनाको शुरुमा दक्षिणतिर ८.१ म्याग्नीच्यूडको भूकम्प आउँदा नब्बेजना मारिएका थिए।

सबभन्दा पछिल्लो भूकम्पको केन्द्रबिन्दु मेक्सिको सिटीबाट १२० किलोमिटर टाढाको प्युब्ला राज्यको एटेन्सिङ्गो रहेको बिबिसीमा उल्लेख छ ।

२०७४ असोज ४ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...