पेप्सीकोलामा प्रहरी र गुण्डासमूहबीच गोली हानाहान, एक घाइते

  • काठमाडौ ।

काठमाडौंको पेप्सीकोला महानगरी प्रहरी अपराध महाशाखाको टोली र गुण्डासमूहबीच गोली हानाहान भएको छ । 

शुक्रबार साँझ प्रहरीको टोलीमाथि चक्रे मिलन समूहका व्यक्तिहरूले पेप्सीकोलास्थित मनहरा खोला नजिकैबाटै गोली चलाएपछि दोहोरो फाइरिङ भएको एसएसपी दिवेश लोहनीले बताए । 

प्रहरीको गोली लागी गुन्डा गौतम घाइते भएको छ। गौतमको दाहिने खुट्टामा एउटा गोली लागेको छ। पक्राउ परेका गौतमलाई उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।

गोली हानाहानमा सहभागी अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

२०७४ असोज ६ मा प्रकाशित ।


, ,

प्रतिकृया दिनुहोस्

Loading...