दैलेखमा घट्यो कहालीलाग्दो घटना: युवतीको बलात्कारपछि विष खुवाएर हत्या

  • दैलेख ।
दैलेखमा कहालीलाग्दो घटना घटेको छ । कालिकोट जान हिडेकी एक युवतीको बलात्कारपछि हत्या भएको छ । 
युवतीलाई ना ५ ख १८८७ नम्वरको ट्रक चालकले तीन दिनसम्म खिड्कीजिउलाको एक होटलमा बन्धक बनाई बलात्कारपछि विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुर्खेतको बीरेन्द्रनगर नगरपालिका–१ बाङ्गेसिमलका ३२ वर्षीय गाडी मालिक तथा चालक लक्ष्मीप्रसाद आचार्यले मामा भान्जी नाता जनाएर खिड्कीजिउलाको आले होटलमा युवतीलाई बन्धक बनाई राखेको र तेश्रो दिन शनिबार बिहान ८ बजेतिर बलात्कारपछि विष खुवाएका हुन् ।

शनिबार बिहान ती युवतीले विष खाएकी भन्दै राकम बजारको एक निजी मेडिकलमा ल्याएर उपचार गराउँदा प्रहरीले पीडकलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

युवतीलाई उपचारको लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमै ज्यान गएको हो । प्रहरीले चालक लक्ष्मीप्रसाद आचार्यको अलवा होटल सञ्चालक कृष्ण आलेमगरलाई पनि सोधपुछका लागि पक्राउ गरेको छ ।

२०७४ भदौ १८ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...