कम्युनिष्ट पार्टीको परिषद्ले दल्यो भैरहवामा ईन्जिनियर श्रेष्ठलाई कालोमोसो

  • रुपन्देही ।
नेपाल कम्युनिष्ट पार्टीले सञ्चालन गरेको समानन्तर सता रुपन्देही जनपरिषदले सिदार्थनगर नगरपालिका भैरहवाका ईन्जिनियर शैलेन्द्र श्रेष्ठलाई अाज उनकै कार्यकक्षमा भष्ट्रचार तथा अनियमितता गरेको आरोपमा कालोमोसो दलेको छ ।

जनपरिषद् रुपन्देहीले  सोमबार श्रेष्ठकै कार्यकक्षमा कालोमोसो दलेको हो । स्थानीयको व्यापक गुनासो र उजुरी आएपछि कारवाही गरिएको जनपरिषद्वारा वितरित पर्चामा भनिएको छ ।

कालोमोसो दलेपछि श्रेष्ठ विरुद्ध नाराबाजी गर्दै जनपरिषद्का कार्यकर्ता बाहिरिएको प्रत्यक्षदर्शीले बताए । जनपरिषद्ले मोसो दल्नुका पछाडी ५ वटा कारण उल्लेख भएको पर्चा कार्यलय परिसरमा भेटिएको छ ।

यस्ता छन् जनपरिसदका आरोपहरु
  • १ एडिबि परियोजनामा ठेकेदारसँगको मिलिममतोमा करोडौं रकम अनियमितता गरेको।
  • २ ईन्जिनियर श्रेष्ठले सम्झौता बिपरित काम गरेको । 
  • ३ गुणस्तर हिन सामाग्री प्रयोग गर्दा समेत ठेकदारसँग मिलि कमिशन खाएको । 
  • ४ निजि ईन्जिनियरिङ कन्सलटेन्सि सञ्चालन गरि सर्वसाधारण सग बिभिन्न बाहनामा घुस खाएको ।

त्यस्तै जनपरिषद्ले श्रेष्ठले गल्ती स्वीकार गरेर जनतामाझ् माफी माग्नुपर्ने र सम्बन्धित निकायले उनलाई अपराध बमोजिम कडा कारवाही गर्नुपर्ने अन्यथा थप कदम चाल्ने चेतावनी दिएको छ ।

भ्रष्टचारी, घुसखोर, माफिया, दलाल, राष्ट्रघाती, जनघाती तथा सामाजिक अपराधीलाई राज्यले कारवाही गर्नुको सट्टा मौन बस्ने र उल्टै पुरस्कृत गर्दै लगेको भन्दै भदौदेखि कार्तिक मसान्तम्म जनजागरण र प्रतिरोध अभियान चलाउने घोषणा गरिसकेको अवस्थामा यो घटना भएको हो ।

२०७४ असोज २ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...