शिक्षा मन्त्रीलाइ कालो झण्डा देखाउदा पोखरामा ९ बिद्यार्थी गिरफ्तार

  • रमाकान्त बास्तोला, पोखरा । 
सार्बजनिक शिक्षालाइ धारासायी बनाउन भुमिका खेलेको अर्थात शिक्षा ऎन पास गरेको बिरोधमा बिभिन्न कार्यक्रम गर्दै आएका नेकपा निकट अखिल क्रान्तिकारीले र नया शक्ति निकट बिद्यार्थी संगठनले आज पोखरामा शिक्षा मन्त्री गोपालमान श्रेष्ठलाइ कालो झण्डा देखाएको छ।

बिरोध प्रदर्शन गर्दै गर्दा अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य आस गुरुङ, पृथ्वीनारायण क्याम्पसका अध्यक्ष शिव क्षेत्री र नयाँ शक्ति बिद्यार्थी युनियनका महासचिव नेत्र चापागाईं, यस्तै नयाँ शक्ति बिध्यार्थी युनियन कै प्रादेशिक अध्यक्ष सुनिल पौडेल, केन्दीय सचिब विकल पौडेल, संगित लामिछाने, बिशाल तिमिल्शिना , रेशम सापकोटा, नबराज पौडेल लगायत बिध्यार्थीका नेता कार्यकर्तालाइ प्रहरी गिरफ्तार गरेको छ । 

पोखरा उधोग बाणिज्यको हलमा आयोजना गरिएको एक सम्मान कार्यक्रममा सहभागी हुन गएका मन्त्रीलाई बिद्यार्थीहरुले कालो झण्डा देखाउदै नाराबाजी गरेका थिए ।

,

प्रतिकृया दिनुहोस्

Loading...