इंग्लिस प्रिमियर लिग: म्यानचेस्टरको विजयी यात्रा टुंगियो

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले आफ्नो विजयी यात्रा जोगाउन सकेन ।
म्यानचेस्टर युनाइटेड स्टोक सिटीसँग २–२ को बराबरीमा रोकियो । युनाइटेडका लागि मार्कस रासफोर्ड र रामेलु लुकाकुले गोल गरे । स्टोक सिटीका लागि दुवै गोल चोउपो मोटिङले गरे ।
४३ औं मिनेटमा मोटिङको गोलबाट स्टोक सिटीले अग्रता लियो । तर पहिलो हाफको इन्जुरी समयमा रासफोर्डले युनाइटेडका लागि बराबरी गोल फर्काए ।
५७ औं मिनेटमा लुकाकुले गोल गरेपछि युनाइटेडले अग्रता लियो तर ६३ औं मिनेटमा मोटिङले व्यक्तिगत दोस्रो गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए । यसअिघका तीन खेल जितेको युनाइटेड यो खेलमा बराबरीमा रोकिएपछि उसको विजयी यात्रा टुंगियो ।
शनिबार रातिको खेलपछि चार खेलबाट १० अंक जोडेको म्यानचेस्टर युनाइटेड शीर्ष स्थानमा कायम छ भने १० अंक नै जोडेको म्यानचेस्टर सिटी दोस्रो उक्लिएको छ । सिटीले लिभरपुललाई ५–० ले हराएको हो । ९ अंकसहित चेल्सी तेस्रो स्थानमा छ ।
२०७४ भदौ २५ मा प्रकाशित ।
प्रतिकृया दिनुहोस्
Loading...