नेमकिपाभित्र विद्रोह, उपाध्यक्षको नेतृत्वमा नयाँ पार्टी गठन

  • काठमाडौँ । 
नेपाल मजदूर किसान पार्टीमा विद्रोह भएको छ । केन्द्रीय उपाध्यक्ष पूर्णप्रसाद धितालको नेतृत्वमा विद्रोह भएपछि ‘बृहत कम्युनिष्ट पार्टी निर्माण अभियान’ नामक नयाँ पार्टी गठन गरिएको छ ।

पार्टी नेतृत्व सिमित ठाउँबाट बाहिर निस्कन नसक्दा संगठन फैलिनुको साटो खुम्चिँदै गएको र आफूहरुको सुझावलाई पार्टी नेतृत्वले बेवास्ता गरेका कारण आफूहरु राजिनामा दिन बाध्य भएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।

मार्क्सवाद, लेनिनवाद र माओ विचारधारा मान्ने शक्तिहरुसँग वृहत कम्युनिस्ट एकताको लागि छलफल जारी राख्ने विज्ञप्तिमा उल्लेख छ ।

उपाध्यक्ष धितालसँगै नेमकिपाका १३७ नेता–कार्यकर्ताले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।

२०७४ असोज ३ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...