क्रान्तिकारी पत्रकार संगठन नेपाल सुर्खेतको अध्यक्षमा न्यौपाने

  • सुर्खेत ।
क्रान्तिकारी पत्रकार संगठन सुर्खेतको प्रथम जिल्ला सम्मेलन आज विरेन्द्रनगरमा सम्पन्न भएको छ । सम्मेलनले नवराज न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्यसमिति निर्वाचित गरेको छ ।

त्यस्तै पदाधिकारीहरुमा उपाध्यक्ष सरस्वती गौतम, सचिव धनसिंह विक, सहसचिव महेन्द्र विष्ट, कोषाध्यक्ष सिद्धबहादुर खड्का रहेका छन् । 

त्यस्तै सदस्यहरुमा रगबीर विश्वकर्मा, हरिलाल महतारा,हिराजन बुढा, दिपक अधिकारी, खिमलाल बुढा रहेका छन् भने एकजना पछि थपिनेछ।

प्रमुख अथिति तथा संगठनका केन्द्रीय अध्यक्ष प्रभात चलाउनेले सम्मेलनको उद्घाटन गरेका थिए । उद्घाटन मन्तब्य राख्दै चलाउनेले आफ्नो संगठनले सधैं श्रमजीवि पत्रकार र साना लगानीका मिडियाकोलागि आवाज उठाउने धारणा राखेका छन् । 

त्यस्तै अर्का अथिति नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य जन्मदेव जैसीले व्यवसायका नाममा विचारविहीन र दृष्टिकोण विहीन पेशाले आफ्नो उद्धश्य पुरा गर्न नसक्ने भएकोले जनताको जीवन स्तरसित जोडिएको पत्रकारिता गर्नुपर्ने धारण राखेका छन् ।

कार्यक्रममा निर्वाचित अध्यक्ष नवराज न्यौपानेले आफूहरु सधैं गरिव जनताको आवाजको बाहक बन्ने प्रतिवद्धता व्यक्त गरेका थिए । कार्यक्रममा संगठनका केन्द्रिय सदस्य दीपबहादुर घर्ती लगाएतले मन्तव्य राखेका थिए ।

२०७४ असोज २ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...