कम्युनिष्ट पार्टीका नेता खगेश्वरले कतार पुगेर भने-: जनअदालत खडा गरेका छौ

  • संजय पोखरेल, काठमाडौँ । 
नेपाली जनप्रगतिशील मोर्चा कतारको छैठौ अधिबेशन सम्पन्न भएको छ ।अधिवेशनले भक्तबहादुर शाहीको अध्यक्षतामा २७ सदस्सीय नयाँ कार्यसमिति चयन गरेको छ ।  त्यस्तै  अधिवेशनले एक स्थान खालि राख्दै ७ सदसिय सल्लाहकार समिति पनि चयन गरेकोछ।

अधिवेशनमा नेपाली संघिय समाज कतार सहअध्यक्ष हिराधन राइ, प्रवासी नेपाली मंच कतारका महासचिव मुनाफ मिया, कतार नेपाली एकता समाजका अध्यक्ष लुमाकान्त पुन, नया शक्ति कतारका प्रवक्ता ध्रुव क्षेत्री, नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष गणेश बन्जाडे, सिमानामा काडेतार अभियान अभियन्ता शुशिल खड्का ठकुरी सहयोग संजालका सचिव सुलभ चन्द, रोल्पा जलजला सेवा समाजका अध्यक्ष शिव बुढाथोकी लगाएतको उपस्थिति थियो ।

उपस्थित अतिथिहरुले शुभकामना दिने क्रममा अबको देश भित्रको आशाको केन्द्र भनेको नेपाल कम्युनिस्ट पार्टी रहेको बतएका थिए । उनीहरुले अब नेपाल कम्युनिष्ट पार्टीले नै केहि गरेर देखाउन सक्छ भन्ने जनविश्वास बढेको बताए ।

त्यस्तै पार्टीका महासचिव कमरेड विप्लवले कार्यक्रम सफलताको सुभकामना पठाएका थिए । शुभकामना संदेशमा विप्लबले ध्रुविकरणको बारेमा व्याख्या गर्दै नीति र सिद्दान्त बिना भोट बटुल्ने गरि गरिएको ध्रुविकरण पानिको फोका सरि हुने बताएका थिए ।

मोर्चाका सल्लाहकार श्रीकृष्ण भट्टराइले देशको राजनीतिक ब्यबस्थामा मौलाएको दलाली र भ्रस्टाचारी करणले गर्दा नै युवाहरु बिदेसिनु परेको बताए ।

शुभकामना मन्तव्य दिंदै सिमानामा कांडेतार अभियानका केन्द्रिय प्रवक्ता तथा मध्यपूर्व संयोजक सुशील कुंवरले मेची देखी महाकाली सम्म ७१ विभिन्न ठाउंमा ५५ हजार हेक्टर भन्दा बढी भूभाग भारतले अतिक्रमण गरेको बताउंदै सो जमिन नेपाललाई फर्काउन र सिमानामा कांडेतार लगाई सिमा नियमन गर्न राज्यलाई दवाव दिने उद्धेश्यले सिमानामा कांडेतार अभियान सञ्चालन गरिरहेको बताए ।

मोर्चाको छैठौ अधिवेशनलाई संबोधन गर्दै प्रमुख अतिथी नेपाल कम्युनिस्ट पार्टी अन्तरास्ट्रिय ब्युरो कार्यालय सचिव खगेश्वर केसीले मुलुक निर्माण गर्ने युवा पुस्तालाई दलाल राज्यसत्ताले नियोजित रुपमा खाडीको घाममा सुक्न बाध्य पारेर देशलाई बर्वाद बनाएको बताए ।

दश वर्षे जनयुद्ध कालमा अस्तित्वमा आएका जनसत्ता र जनअदालतलाई पूनर्जीवीत गरिएको र मजदुरहरुको समस्या पुरानो राज्य संरचनाबाट समाधान नहुने चुडामणी शर्मा माथीको सर्बोच्चको पछिल्लो फैसलाले प्रमाणीत गरेको बताउंदै त्यसको समाधानार्थ जनअदालत खडा भएको उनको कथन थियो ।

संपूर्ण पिडित मजदुरहरुलाई दुतावासले तपाईंहरुका समस्या समाधान नगरे वा व्यवधान खडा गरे मोर्चा मार्फत वा सिधै जनअदालतमा मुद्धा दाएर गर्न उनले अनुरोध समेत गरे ।

त्यस्तो अवस्थामा राज्यको दायित्व पुरा नगरेकोमा राजदुत सहित दुतावासका कर्मचारीहरु र म्यानपावरका मानव तस्करहरुबाट असुल उपर गराइने वर्तमान पार्टी निती रहेको उनले बताए । 

उनले तत्कालिन अख्तियार प्रमुख लोकमान सिंह कार्की र श्रम विभागका महानिर्देशक भरत सुवेदी माथी कालो मोसो दलेर चेतावनीयुक्त कार्वाही गरिएको समरण गराउंदै मजदुरहरु माथीको शोषण कायमै रहे संबन्धित निकायहरु माथी थप शसक्त कार्वाही गर्ने चेतावनी दिए ।

 मोर्चाका पुर्व महासचिव राम कुँवरले सञ्चालन गरेको उक्त अधिवेशन आयोजक समिती संयोजक रेशम पौडेलको सभापतित्वमा सम्पन्न भएको हो ।

केन्द्रीय सल्लाहकार समिति ।

१ रमेश गिरी
२ श्रीकृष्ण भट्टराई
३ रेशम पौडेल
४ राजेन्द्र लिम्बु
५ हेम कार्की
६ होमनाथ बास्कोटा
७ ————————
केन्द्रीय कार्यसमिति 
१ अध्यक्ष भक्तबहादुर शाही
२ उपाध्यक्ष राम कुँवर
३ उपाध्यक्ष जयकिशोर पोद्दार
४ उपाध्यक्ष धनबहादुर भण्डारी
५ महासचिव राजेश ओली
६ सचिव विवेक मल्ल
७ कोषाध्यक्ष साजन गुरुङ
८ सदस्य सुरज कुमार धमला
९ सदस्य राजकुमार राना
१० सदस्य कृष्ण कुँवर
११ सदस्य रबिन पुन
१२ सदस्य मनसरी घर्ति
१३ सदस्य गणेश बिश्वकर्मा
१४ सदस्य अरुण आचार्य
१५ सदस्य विवश लिम्बु
१६ सदस्य विवश जिम्बा
१७ सदस्य नरेश तामांग
१८ सदस्य खडक धामी
१९ सदस्य प्रकाश बुढाथोकी
२० सदस्य मनोज अधिकारी
२१ सदस्य आकाश ओली
२२ सदस्य कमल मगर
२३ सदस्य कलाधर शर्मा
२४ सदस्य धर्मेन्द्र मुखिया
२५ सदस्य डेभिड डाँगी
२६ सदस्य तिलक बिश्वकर्मा
२७ सदस्य नरेश बिश्वकर्मा

२०७४ भदौ १८ गते प्रकाशित

, , ,

प्रतिकृया दिनुहोस्

Loading...