जनप्रगतिशिल मोर्चा साउदीको तेस्रो अधिबेशन सम्पन्न

  • साउदी ।
नेपाली जनप्रगतिशिल मोर्चा साउदी अर्को तेस्रो अधिबेशन सम्पन्न भएको छ। अधिबेशनले आगामी कार्यकालका लागी एक जना पछि थप्ने गरि अधिबेशनले भानु प्रदेशीको अध्यक्षमा १३ सदस्यीय कार्य समिति चयन गरेको छ । 

त्यस्तै अधिवेशनले ३ सदस्यीय सल्लाहकार समिति चयन गरेको छ। अधिवेशनबाट निर्वाचित कार्यसमितिको कार्यकाल आगामी २ वर्षसम्म रहने छ । 

"परिबर्तनको लागि बैज्ञानिक समाजबादको संसार, प्रबासी मजदुरहरु एकिकृत जनक्रान्तिको आधार" भन्ने मूल नारा सहित सम्पन्न उक्त अधिवेशनम दिल सुब्बा प्रमुख अथिति थिए भने बिशेष अतिथिमा राजदुतावासका स्थानीय कर्मचारी हरि घिमिरे रहेका थिए ।  

त्यस्तै अधिवेशन सम्पन्न गर्न कार्यक्रमको सभाध्यक्षको भूमिका भानु प्रदेशीले निर्बाहा गरेका थिए। कार्यक्रमको सञ्चालन तेस्रो अधिबेशन मूल आयोजक समितिका संयोजक मानबहादुर सहकारीले गरेका थिए। 

मोर्चाको आयोजनामा खुल्ला भलिबल आयोजना

यस्तै जनप्रगतिशिल मोर्चा साउदीको आयोजनामा पुरुष खुल्ला भलिबल प्रतियोगिता सम्पन्न भएको छ । खेलमा प्रहिलो हुने प्रतियोगिलाई ३ हजार, दोस्रो हुनेलाई २ हजार र तेश्रो हुनेलाई १ हजार रियल रियल पुरस्कार राखिएको थियो । 

उक्त खेलमा १५ वटा विभागीय समूहहरुले भाग लिएका थिए । तेस्रो अधिवेशन उद्घाटन समारोह पश्चात प्रमुख अतिथि र बिशेष अतिथिले बल सर्बिस गरी खुल्ला भलिबल प्रतियोगिताको शुभारम्भ गरिएको थियो।

निकै बाक्लो संख्यामा खेल प्रेमी दर्शकहरुको उपस्थिति रहेको थियो। प्रतियोगिताको फाईनलमा धौलागिरी टिमले नेपाल मगर संघको टिमलाई निकै रोमान्चक खेलमा २८-२५ र २६-१८ स्कोरले पराजित गर्दै बिजेता बनेको थियो । यस्तै सम्रानी स्पोर्ट टिमले तेस्रो स्थान हासिल गरेको थियो। 

खेल मैदान संगै रहेको सानो मन्चबाट ३१ अगस्त मध्य रात तिर उद्घाटन गरिएको अधिबेशन सोहि मन्चबाट २ सेप्टेम्बर बिहान १० बजे समापन गरिएको थियो। 

आयोजक समितिका संयोजक भन्छन् हाम्रा कमरेडहरुले एउटा युद्द जिते

यस्तै अधिवेशन सम्पन्न गरिसकेपछि इमान्दार मिडियासंग प्रतिक्रिया दिदै अधिवेशन आयोजक समितिका संयोजक मान बहादुर सहकारीले आफ्ना संगठनका नेता कार्यकर्ताले एउटा युद्द नै जितेको प्रतिक्रिया दिएका छन्। 

उनले भने-"साउदी अरबको प्रचण्ड गर्मि त्यसैमाथी खुल्ला ठाउँ, त्यो पनि करिब ४० घण्टासम्म अधिवेशन निरन्तर चलीरहयो । अधिबेश र भलिबल प्रतियोगिता स्मरणीय त रह्यो नै करिब ४ घण्टा लामो बन्द सत्र, त्यो पनि बिना एसीको बन्द कोठामा सम्पन्न भयो। त्यसैले हाम्रा कमरेडहरुले एउटा युद्द नै जिते ।" 

उनले अगाडी थपे -"हाम्रा क्रान्तिकारी कमरेडहरुले भोक, तिर्खा, निन्द्रा केही नभनी यति बिघ्न गर्मि मौसमलाई चुनौती दिदै कार्यक्रम सफल गर्नुभयो जुन साच्चै नै चुनौतीपूर्ण थियो।" 

यस्तो छ निर्वाचित कार्यसमिति

१, अध्यक्ष-भानु प्रदेशी
२, उपाध्यक्ष-युबराज कार्की,
३, महासचिब-मानबहादुर सहकारी,
४, सचिब-सुरेश ओली, 
५, कोषाध्यक्ष-गोपी अछामी
६, सदस्य -बिष्णु परियार,
७, सदस्य-जयराम बि.क,
८, सदस्य-बिपिन शर्मा निरौला,
९, सदस्य-नन्द किशोर के.सी,
१०,सदस्य-कसम मगर,
११,सदस्य-श्याम गिरि,
१२,सदस्य-जितेन्द्र बर्देवा
१३, सदस्य- पछि चयन गरिने 
त्यस्तै सल्लहाकार समितिमा -
१, दिल सुब्बा
२, बिपुल ढुंगाना
३, तिर्थ पाख्रिन 

२०७४ भदौ १८ गते प्रकाशित

,

प्रतिकृया दिनुहोस्

Loading...