‘झुक्याएर’ सुविधा लिने सांसदको दाउ असफल

  • काठमाडौँ ।
कार्यकाल सकिन लागेका बेला ‘चलाखीपूर्ण’ रुपमा राज्यकोषबाट सुविधा लिने सांसदहरुको प्रयास असफल भएको छ यो खबर नरेन्द्र साउदले आजको अन्नपूर्णमा लेखेका छन्।

पूर्वपदाधिकारीहरुको सुविधासम्बन्धी विधेयकमा पूर्वसांसदलाई पनि राखेर चलाखीपूर्ण रुपमा राज्यकोषबाट सुविधा लिन सांसदहरुले गरेको प्रस्तावलाई सरकारले अस्वीकार गरेपछि उक्त विधेयकको भविष्य नै संकटमा परेको छ ।

सरकारले पूर्व सम्माननीयहरु (पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, संविधानसभा अध्यक्ष, प्रतिनिधिसभाका सभामुख र राष्ट्रियसभाका पूर्वअध्यक्ष) लाई सुविधा दिन उक्त विधेयक संसदमा ल्याइए पनि पूर्वसांसदलाई पनि पूर्वपदाधिकारीको मर्यादाक्रममा राखेर राज्यकोषबाट सुविधा दिन प्रस्ताव गरिएको थियो ।

समितिअन्तर्गत कांग्रेस सांसद जीवनबहादुर शाही संयोजकत्वको उपसमितिले पूर्वसांसदलाई पनि पूर्वपदाधिकारीको मर्यादामा राखेर सरकारी अस्पतालमा निःशुल्क उपचार र संविधानसभा सदस्यलाई विशिष्ट लोगो दिन प्रस्ताव गरेको थियो।

समितिको आइतबारको बैठकमा गृहमन्त्री जनार्दन शर्माले सांसदलाई पदाधिकारी मान्न नसकिने भन्दै विधेयक स्वीकार नगर्ने अडान लिएका थिए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...