राजपाले सरकार छाड्ने धम्की दिएपछि देउवाको हालत खराब

  • काठमाडौं । 
राष्ट्रिय जनता पार्टी नेपालले सरकार छाड्ने चेतावनी दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाको हालत खराब भएको छ  ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर नै राजपा अध्यक्षमण्डलका सदस्यहरु चेतावनी दिएका हुन् । 

मधेशमा जनसंख्याको आधारमा निर्वाचन क्षेत्र बढाउनुपर्ने ठाउँमा झन घटाएको भन्दै राजपा नेपालका नेताहरुले मधेशी जनतामाथि यो ठूलो विभेद रहेको धारणा राखेका थिए । यसलाई तत्कालै नसच्याए समर्थन फिर्ता लिने चेतावनी दिएको राजपा नेपाल अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी गराए ।

निर्वाचन निर्धारण आयोगले सरकारलाई बुझाएको प्रतिवेदनप्रति आपत्ति जनाउन भेटन् गएका राजपा नेपालका नेताहरुले आयोगले बुझाएको प्रतिवेदन नसच्याए आफूले सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।

सरकारबाट समर्थन फिर्ता लिने चेतावनी दिएपछि प्रधानमन्त्री देउवाले तत्कालै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई फोन गरेका थिए । आयोगको प्रतिवेदनबारे राजपा नेपालले आपत्ति जनाएको कुरा प्रचण्डलाई उनले जानकारी गराएको स्रोतले जनाएको छ ।

माओवादी अध्यक्ष प्रचण्डले आफू आइतवार काठमाडौ फर्केपछि यस विषयमा कुराकानी गर्ने जवाफ दिएका थिए ।

२०७४ भदौ १७ गते ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...