राफायल नाडालको उपाधि यात्रा कायमै, ओपन टेनिसको चौथो चरणमा प्रवेश


काठमाडौं ।

शीर्ष बरियताका स्पेनिस खेलाडी राफायल नाडालले युएस ओपन टेनिसको चौथो चरणमा पुगेका छन् । 

आइतबाार विहान भएको खेलमा अर्जेण्टिनाका लियोनार्दो मायरलाई ३/१ को सेटमा हराउँदै नाडाल चौथो चरणमा पुगेका हुन् । पहिलो सेट ६/७ ले हारेपनि त्यसपछिका ३ सेट क्रमश ६/१, ६/१ र ६/४ को सेटमा जित्दै नाडालले उपाधि यात्रा कायमै राखेका हुन् । 

यस्तै छैटौं बरियताका डोमिनिक थिम पनि प्रतियोगिताको चौथो चरणमा पुगेका छन् । अष्ट्रियाका थिमले फ्रान्सेली एड्रिन मानारिनोलाई ३ शुन्यको सोझो सेटमा हराएका हुन् । उनले चौथो चरणमा जुआन मार्टिन डेल पोत्रोसंग खेल्नेछन् । अर्जेण्टिनाका डेल पोत्रो स्पेनका रोबर्टो बाटिस्टालाई हराउँदै युएस ओपन टेनिसको चौथो चरण पुगेका हुन् । 

यस्तै महिलातर्फ विश्व नम्बर १ कारोलिना प्लिसकोभा युएस ओपनको तेश्रो चरण प्रवेश गरेकी छन् । पाखुराको चोटका बाबजुत उनले चीनिया सावी झ्याङलाई २/१ को सेटमा हराएकी हुन् । 

२०९४ भदौ १८ मा प्रकाशित ।

,

प्रतिकृया दिनुहोस्

Loading...