स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाइनफ्लु !

  • काठमाडौँ ।

स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेललाई स्वाइनफ्लु भएको छ। उनलाई एन्फ्लुएन्जा ए पोजेटिभ भाइरस (एच एन १) पुष्टि भएको मन्त्रालयका प्रवक्ता डा श्रीकृष्ण गिरीले बताए। 

पोखरेल एक हप्तादेखि वीर अस्पतालमा उपचार गराइरहेका छन्। गिरीका अनुसार दुई दिनअघि स्वाइनफ्लुको आशंकामा खकार परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो ।

उनलाई फिजिसियन डा. सुरेन्द्रलाल श्रेष्ठ नेतृत्वको टोलीले हेरिरहेको छ । यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

राहत वितरणका लागि महोत्तरी गएका बेला बिरामी भएपछि पोखरेललाई गत शनिबार वीर अस्पताल ल्याइएको थियो ।

२०७४ भदौ १५ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...