घरमाश्रीमती हुँदाहुँदै गर्लफ्रेन्ड बनाएर डुल्ने ?


सविता सापकोटा

घरमा श्रीमती हुँदाहुँदै गर्लफ्रेन्ड बनाएर डुल्ने को ? ‘फोर जी’को जमनामा ब्रत बसेर भर्जिन पत्नि पाइन्छ भनेर कोही भगवान आएर मेरो कानमा सुनाए भने राम–राम म एक महिनासम्म पानी पनि नपिइ ब्रत बस्ने थिएँ ।’एकजना युवकको यो स्टाटस पढेर मनमा धेरै कुरा उम्रिए । 

दिमागमा कुरा खेलेपछि कलमको साहारा लिन बाध्य भएँ । मनमा कुरा खेलेपछि केही नलेखी बस्नै सकिएन । एउटी केटीले पुरुषलाई होच्चाएर केही शब्द लेख्यो भने बुरुक्क उफ्रिने जमात, पुरुषकै यस्ता कुरामा ‘हो मा हो’ जनाउँछ । आजका केटी भर्जिन् छैनन् भन्ने आशय राख्नु भन्दा पहिले आजसम्म तिमीले कतिवटा केटी खेलायौ भन्ने कुराको हेक्का राख्न जरुरी ठान्ने कि ।

तिम्रा साथीहरुले कतिवटी केटीको भर्जि्निटीमा र्याल काढे र लुटे भन्ने हेक्का राख्ने कि ! जसरी आगोविना प्लाष्टिक जल्न सक्दैन त्यसरी नै कुनै पनि केटाको साथविना केटीले आफ्नो भर्जि्निटी अरुलाई सुम्पिन सक्दिन । “ एउटा गल्फ्रेन्ड हुँदा हुँदै अर्कीलाई प्रेम प्रस्ताव राख्ने पुरुषहरु नै समाजमा यस्ता ढोंगी गफ दिन्छन् ।
घरमा श्रीमती हुँदाहुँदै गर्लफ्रेन्ड बनाएर डुल्ने को ? अरुकी राम्री श्रीमति देखे उसैसँग जिस्किन खोज्ने को हो ? बाटोमा हिँड्दा ‘ओ मैया कता हो’ खिसी गर्दै युवतिहरुलाई जिस्क्याउने को हो ? भर्जिन श्रीमती पाउन ब्रत बस्न सक्ने पुरुष आफू भर्जिन हुन जरुरी छ कि छैन ? हुन त समाज नै यस्तै छ ।

सानैदेखि छोरा खोलामा पौडी खेल्न जान्छ र छोरीले कुचो लिएर घर बढार्नुपर्छ । छोरी घरभित्र डाडु पनियोसँग खेलीरहँदा छोरा घरबाहिर फुटबल खेलिरहन्छ । छोरी कोही केटासँग फोनमा बोल्दा ‘लौ अब छोरी बिग्रि’ भनेर बिहेको लागि केटा खोज्ने समाज, छोरा बोल्दा कोही उसका साथी होलान् भनेर सुनिरहन्छ । परिवर्तनको खाका बोकेर जतिसुकै आधुनिकताको गीत गाए पनि महिलालाई हेर्ने पुरुषको सोच निच नै छ भन्ने कुराको पुष्टि सामाजिक संजालमा देखिने यस्तै कमेन्ट र स्टाटसबाट पनि प्रष्ट हुन्छ ।

दुख लाग्छ, महिला जतिसुकै शिक्षित भए पनि, समृद्ध भए पनि पुरुषहरुले महिलालाई हेर्ने आँखा नै ‘सेक्सिस्ट’ बनिदिएपछि परिवर्तन सम्भव छैन । ती पुरुष साथीको स्टाटसमै केन्द्रित बनौँ, पुरुष भर्जिन श्रीमति खोज्छन् । यही निच चिन्तनका कारण पुरुषप्रति महिला सधैँ सशंकित रहन्छन् । उनी त नेपाली समाजका पुरुषहरुका प्रतिनिधि पात्र हुन् । भर्जिन युवति खोज्ने पुरुषहरु नै धेरै वेश्यालय धाउँछन् ।

किनकी, श्रमितिमा भर्जि्निटी खोज्नु आफैँमा कुण्ठा र ढोंग हो । सामाजिक संजालमा दैनिक रुपमा सार्वजनिक भइरहने यस्तै प्रतिक्रियाले महिला–पुरुषको दूरी बढाउनुका साथै समाजलाई असहिष्णु बनाउँदै लैजान्छ । तर महिलालाई सम्मान गर्न नजान्ने ‘सेक्सिस्ट’ पुरुषहरु यस्ता गम्भीर विषयमा कहिल्यै उदार भएर सघन बहस गर्दैनन् ।

बरु कुण्ठा र ढोंगले भरिएका बिचार फेसवुकमा पोख्छन् ।पुरुषले झैँ कुनै युवतिले पनि आफ्नो श्रीमान विहेअघि भर्जिन होस् भन्ने सर्त राखी भने के हुन्छ ? भर्जि्निटीबारे पुरुष जे सोच्छन् त्यो सोच नै निकृष्ट लाग्छ । अत्याधुनिक दुनियामा भर्जि्निटीबारे सोच बनाउने कुरामा सबै उदार बन्नैपर्छ । ति पुरुषलाई सोध्नुछ, ‘ओ सेक्सिस्ट पुरुष ! तिमीले विहेको लागि भर्जिन युवति खोजे झैँ, म पनि भर्जिन पुरुष खोजौँ ?’ के जवाफ दिन्छौ यस्तो सोध्दा ?

तर यस्तो सस्तो कुरामा बिचार अल्झाउनु छैन मलाई । प्रेम, यौन, विवाह जस्ता प्रकृतिक र सांस्कृतिक पक्षहरुबारे अलि फराकिलो दायरा बनाएर हेर्नुपर्छ । पक्कै पनि समाज बदलिँदैछ । यस्ता विषयमा हेरिने दृष्टिकोण फेरिएको अवस्य छ । यद्यपी कुण्ठाले भरिएका ‘सेक्सिस्ट’ पुरुषहरुको सोचले गर्दा पुरुषसत्तालाई थप मलजल पुर्याएको तितो यथार्थ अझै छ ।  नेपाल एचडीबाट साभार

प्रतिकृया दिनुहोस्

Loading...