प्रधानमन्त्री देउवाले तोडे आफ्नै रेकर्ड, ८ मन्त्री थपेर फेरि मन्त्रिपरिषद् विस्तार

  • काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाले उपप्रधानमन्त्रीसहित ८ मन्त्री थपेर फेरि पनि मन्त्रिपरिषद् विस्तार गरेका छन्। 
शुक्रबार साँझ उपप्रधानमन्त्रीमा राप्रपा अध्यक्ष कमल थापा र अन्य तीनजना मन्त्री भित्र्याएर उनले मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

उनले राप्रपाका दिनानाथ गिरी, जयन्त चन्द, विक्रम थापा बिनाविभागीय मन्त्री नियुक्त गरेका छन्। कुन्ती शाही, भाष्कर भद्रा, सुशील श्रेष्ठ र कान्ता भट्टराईलाई भने मन्त्रालय नतोकी राज्यमन्त्री नियुक्त गरिएको छ।

मन्त्रीको संख्या ६० पुगेको छ। यो इतिहासमा सबभन्दा ठूलो मन्त्रिपरिषद् हो। उनले आफ्नै रेकर्ड तोडेका हुन् । सत्ता साझेदार दल माओवादीले प्रतिपक्षी दल एमालेसँग चुनावी गठबन्धन गरेपछि देउवाले राप्रपालाई सरकारमा भित्र्याएका हुन्।

२०७४ असोज २७ मा प्रकाशित ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...