महिला सांसदले राखेको तस्वीर सेक्सी भएको भन्दै फेसबुकले हटायो

फेसबुकले डेनमार्ककी सांसद मैन जर्सकाफको एउटा पोस्टलाई अलि बढी नै सेक्सुअल र न्युड भएको भन्दै ब्लक गरिदिएको छ। 

जर्सकाफले आफ्नो पोस्टमा एउटा वेभसाइटको लिंक पनि सेयर गरेकी थिइन् । उक्त वेभसाइटमा एउटा मरमेड अर्थात मत्स्य कन्याको तस्वीर थियो । 

मत्स्य कन्याको आधा शरीर स्त्रीको र आधा शरीर माछाको हुने गर्दछ । फेसबुकले नग्नतासँग सम्बन्धित कानुन कलाकृतिहरु र शैक्षिक उद्देश्यले बनाएको वस्तुमा पनि समान रुपमा लागु हुने बताएको छ। 

डेनमार्ककी सांसदले यो पुरै घटना अन्यका साथ सेयर गरेकी छन् । यद्यपि पछि फेसबुकले ब्लक हटाएको छ। मत्स्य कन्याको उक्त तस्वीरलाई छोडेका छौ, तर त्यतिबेलासम्म जर्सकार्फले अन्य कारणले उक्त पोस्ट डिलेट गरिसकेकी थिइन् । एजेन्सी

,

प्रतिकृया दिनुहोस्

Loading...