प्रहरी र माओवादीबिच भिडन्त, ५ जनाको मृत्यु

काठमाडौँ २५ पुस ।

भारतको बिहारमा प्रहरी र माओवादीबिचको संघर्षमा पाँच जना माओवादीको ज्यान गएको छ ।

बिहारको राजधानी पटनाबाट झण्डै एक सय २० किलोमिटर दक्षिणमा रहेको औरंगावादको ढिबरामा केन्द्रीय रिजर्व पुलिस बल सिआरपिएफ र माओवादीबिच मुढभेड भएको हो ।

भिडन्तपछि गरिएको खोजिको क्रममा पाँच जना नक्सालवादीको शव भेटिएको स्थानीय प्रहरीले जनाएको छ । झडपको क्रममा एक जना प्रहरी हवल्दार पनि घाइते भएका छन् ।

एक एके ४७ तथा अरु केही हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ । घटना शुक्रबार बेलुका भएको हो । त्यसक्षेत्रमा अहिले पनि छानबिन चलिरहेको छ । 

– एजेन्सी

,

प्रतिकृया दिनुहोस्

Loading...