ग्रिजम्यानलाई पछि पार्दै रोनाल्डो भए युरोपको उत्कृष्ट फुटवलर

काठमाडौं, १० भदौ ।  पोर्चुगल तथा रियल म्याड्रिडका स्ट्राइकर क्रिष्टियानो रोनाल्डो युरोपको उत्कृष्ट फुटवलर घोषित भएका छन् । रोनाल्डोले ग्यारेथ बेल र एन्टोनी ग्रिजम्यानलाई पछि पार्दै युरोपको उत्कृष्ट वर्ष खेलाडी भएका हुन् । 

रोनाल्डोले ३१ वर्षको उमेरका सन् २००८ मा म्यान्चेष्टर युनाइटेडका लागि र सन् २०१४ मा रियल म्याड्रिडलाई युरोप इलाइट कप कम्पिटिसनको उपाधि दिलाएका थिए । त्यस्तै रोनाल्डोले पोर्चुगललाई यस वर्ष युरोकपको उपाधि पनि दिलाएका थिए । यस वर्षको अन्तिम सिजनमा रोनाल्डोले ५१ वटा क्लब गोल गरिसकेका छन् । उनले १५ गोलका लागि पास दिएका थिए । त्यस्तै रोनल्डोले च्याम्पियन लिगको १२ वटा खेलमा अविश्वस्नीय १६ गोल गरेका थिए । पुरस्कार हात पारेपछि रोनाल्डोले भने ‘यो मेरा लागि महान् सम्मान हो । यो पुरस्कार लागि  मेरा साथीहरुको ठूलो हात र उनीहरुको सहयोग सधै हुनेछ । मलाई थाहा छ म कडा मेहनत गर्छ । तर साथीहरुको सहयोग बिना त्यो सम्भव हुदैन । त्यसैले मेरा साथी यो पुरस्कारका लागि महान छन् ।’ 

एजेन्सीको सहयोगमा

,

प्रतिकृया दिनुहोस्

Loading...