राज्य पुनरर्संरचनाको विपक्षमा विप्लव माओवादी

काठमाडौं २५ साउन ।

संविधानको कार्यान्वयन र राज्य पुनरर्संरचना भन्दै गाउँपालिका, नगरपालिकाको संरचना निर्माण गरिएकोमा त्यसको अर्थ नभएको विप्लव माओवादीको ठहर छ ।

विप्लवको नेतृत्वका माओवादीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले संसदीय व्यवस्थाअन्तर्गतको संविधान र संरचनाको भण्डाफोर गर्दै जाने राजधानीका एक व्यवसायीसँग बताएका छन् । जनताको इच्छा विपरीत राज्यसत्ताले जवर्जस्त गरेमा प्रतिरोधसम्म गर्ने उनले बताए ।

विश्वकर्माको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो– पुनर्संरचनाको नाममा प्रतिक्रियावादी संसदीय व्यवस्थाअन्तर्गत कुनै गाविसलाई घटाउने बढाउने, मिसाउने भौगोलिक काम कार्य गर्नु भनेको शासकहरुले प्रतिक्रियावादी सत्ता बचाउने र आफूलाई चुनावमा फाइदा पुग्ने गरी गरेका वेढंगका सीमा निर्धारणको नाटकभन्दा कुनै अर्थमा फरक छैन् ।

यस्ता कार्यले परिवर्तनकारी शक्तिलाई समेत भ्रममा पार्ने भएकाले त्यसमा अल्झनु हुँदैन । आजको समयबद्व साप्ताहिकमा खबर छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...