प्रधानमन्त्रीको निर्वाचन आगामी बुधबार

काठमाडौँ, १७ साउन ।

नयाँ प्रधानमन्त्री चयनका लागि आगामी बुधबार ११ बजे निर्वाचन हुने भएको छ। सोमबार बसेको व्यवस्थापिका संसदको बैठकमा सभामुख ओनसरी घर्तीले बुधबारको दिन प्रधानमन्त्री निर्वाचनको कार्यक्रम राख्न निर्देशन दिएकी हुन्।

सहमतीय सरकार गठन गर्न दलहरु असफल भएपछि राष्ट्रपति विद्या भण्डारीले बहुमतीय सरकार गठनका लागि संसदमा रहेका दलहरुलाई आहृवान गरेकी थिइन् ।
निर्वाचनका लागि आवश्यक प्रक्रिया सुरु गर्न महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्देशन दिएकी छन् । लगतै संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यक्रम सार्वजनिक गरेको छ ।
जस अनुसार प्रधानमन्त्रीका लागि भोलि मंगलबार उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ । ल्होत्से हलमा विहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ता गर्न सक्नेछन् । साढे ४ बजे उम्मेदवारको सूची सार्वजनिक गरिनेछ ।

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...