प्रधानमन्त्री हुँदा ओलीले खाए १८ लाखको खाजा हेर्नुहोस डरलाग्दो प्रमाण !

बिक्रम पाण्डे
निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार गठन हुदाँ आफ्नो सरकारले आर्थिक मितव्ययिता अपनाउने बताएको थियो । उसले हरेक कार्यमा आर्थिक मितव्यवयिता अपनाएर पारदर्शि बनाउने उद्घोष गरेको थियो । तर अन्तमा आएर उसले विभिन्न राजनीतिक नियुक्ति, कार्यकर्तालाई आर्थिक सहायता प्रदान जस्ता विषयले आलोचक वनेको थियो ।

प्रधानमन्त्री पुष्पकमल दाहालले विहिवार शपथ लिएसँगै एमाले अध्यक्ष केपी ओली पुर्व प्रधानमन्त्री बनेका छन् । ओलीले बुधवारबाट प्रधानमन्त्री निवास वालुवाटार छोडेर आफ्नै नीजि निवास वालकोट बसाई थालिसकेका छन् । ओलीले जाँदा जाँदै वालुवाटारको खाजा नास्ता खर्च भन्दै राज्यकोषबाट असुल्नेगरि झण्डै १८ लाखको बिल प्रधानमन्त्री कार्यालयमा बुझाएका छन् ।

विभिन्न मितिमा प्रधानमन्त्री निवासमा बसेका बैठकको खाजा नास्ता भन्दै बुद्धनारायण खाद्यान्न सप्लायर्स प्रा.लि.ले भुक्तानी पाउने गरि २ लाख ५१ हजार ४८ रूपैयाँको बिल प्रधानमन्त्री कार्यालयमा पेश भएको छ ।

त्यसैगरि प्रधानमन्त्री निवास वालुवाटारमा विभिन्न विभिन्न समयमा बसेका बैठकहरुको खाना खाजा नास्ता खर्च भन्दै अनमोल क्याटरिङ सर्भिस प्रा.लि.ले भुक्तानी पाउने गरि ८ लाख ४ हजार ८ सय ४२ रुपैँयाको बिल पनि विहिवार नै प्रधानमन्त्री कार्यालयमा पेश भएको छ ।

त्यस्तै वालुवाटार बैठककै खाना खाजा र नास्ता खर्च भन्दै सोल्टी होटलले भुक्तानी पाउने गरि ७ लाख २४ हजार २ सय ४७ रूपैँयाको बिल प्रधानमन्त्री कार्यालयमा पेश भएको छ ।

ओली सरकार अविश्वासको प्रस्ताव पास भएर ढल्ने निश्चित भएपछि राजीनामा दिएका खानेपानी तथा सरसफाई मन्त्री प्रेम बहादुर सिंहको विभिन्न जिल्ला भ्रमण खर्च भन्दै उनका आफन्त खेम बहादुर सिंहले भुक्तानी पाउनेगरि ९३ हजार ५ सय ९० रुपैँयाको बिल पेश गरेका छन् ।


त्यस्तै संस्कृति पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री श्री बल बहादुर महतको जिल्ला भ्रमण खर्च भन्दै उनका आफन्त नृपेन्द्र महतका नाममा भुक्तानी पाउने गरि १ लाख ४९ हजार ४ सय ७५ रुपैँयाको बिल पेश भएको छ । 

यस्तै गरि विभिन्न मन्त्रीहरूले जिल्ला भ्रमण खर्च भन्दै अढाई लाख रुपैया को बिल प्रधानमन्त्री कार्यालयमा विहिवार पेश भएको छ ।

मधेस आन्दोलन र भारतीय नाकाबन्दीका कारण जनताका घरमा चुलो निभेका बेला प्रधानमन्त्री केपी ओलीको निवास बालुवाटारमा भने भोजभतेर र खाजा नास्तामा मात्रै साढे १२ लाख रुपैयाँ खर्च भएको हो ।

प्रधानमन्त्री ओलीले कात्तिक महिनामा १ लाख २८ हजार २ सय ५५ रुपैयाँ बराबरका पत्रपत्रिका पढेका छन् । जबकि कात्तिकमा दसैं तिहार परेकाले पत्रपत्रिका खासै निस्कँदैनन् ।

प्रधानमन्त्री कार्यालयले १ लाख १७ हजार ४ सय ७ रुपैयाँको एप्पलको आइप्याड किनेको छ । सो आइप्याड प्रधानमन्त्री ओलीका लागि किनिएको हो या अरू कसैका लागि भन्ने खुलेको छैन । ओलीलाई आइप्याड बेच्ने ग्लोबल लिंक टेक्नोलोजीले सोमबार भुक्तानी माग्दै बिल पेस गरेको छ ।

हेलो सरकारमा उजुरी गरेका नुवाकोटका विष्णु तामाङले सरकारको खाजा खर्च सुन खाए बराबरको भनि आफ्नो असुन्तष्टि पोखेपछि प्रधानमन्त्री कार्यालयका कर्मचारीले सुन खाउँ की दिशा पिसाब खाउँ भन्दै उल्टै गालि गरेको बताएका छन् ।

, , , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...