कहिले मिल्छ आन्तरिक भागबण्डा ? प्रचण्डलाई मन्त्री छान्न सकस, भन्छन् अझै २ दिन कुर्नुस् !

काठामाडौं, २८ साउन । 

सरकारको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्रले (आज) शुक्रबार पनि सरकारमा जाने नेताहरुको नाम तय गर्न सकेको छैन ।

माओवादी केन्द्रीय कार्यालयको शुक्रबार विहान बसेको बैठकमा यसबारे सामान्य छलफल भए पनि बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रीहरुको नाम प्रस्ताव नगरेको प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।

मंगलबार बसेको माओवादी हेडक्वाटर बैठकले मन्त्रीहरु छान्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिएको थियो भने बिहीबार नै केन्द्रीय कार्यालयको बैठक बस्ने तय भएको थियो । तर, पूर्व निर्धारित दिनभन्दा एक दिन ढिला बसेको बैठकमा पनि प्रचण्डले मन्त्रीहरुको नाम पेश गर्न सकेनन् ।

नेताहरुका अनुसार प्रचण्डले एक-दुई दिनभित्र मन्त्रीहरुको नाम तय गर्ने बताएका छन् । तपाईंहरुले मलाई अधिकार दिनु भएको छ । एक-दुई दिनभित्र टुंगो लगाउँछु भनेर अध्यक्षले भन्नु भएको छ,’ एक नेताले  बताए ।

प्रचण्ड नेतृत्वको सरकारमा माओवादीबाट तीन मन्त्री भइसकेका छन् । आठ मन्त्रालय पाएको माओवादीले ५ मन्त्री र केही राज्यमन्त्री पठाउने तयारी गरेको छ । मन्त्रीका आकांक्षी धेरै देखिएकाले माओवादी केन्द्रमा आन्तरिक भागबण्डा मिल्न नसकेको राजनीति विश्लेषकहरुको बुझाई छ ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...