आफू प्रधानमन्त्री भएपछि छिमेकी मुलुकसँगको सम्बन्ध सुधार भएको प्रचण्डको भनाइ

काठमाडौं २३ भदौ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै दुई छिमेकी मुलुकमा विशेष दूत पठाएर सम्बन्ध सुधार गर्ने प्रयास गरेको बताएका छन्।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि पहिलो पटक बिहीबार संसदमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत र चीनमा सरकारका तर्फबाट विशेष दूतका रुपमा पठाएर छिमेकीसँग बिग्रिएको सम्बन्धमा सुधार ल्याउने प्रयास सफल भएको समेत बताए।

उनले आफूले चालेको सम्बन्ध सुधारको प्रयास सफल भएको समेत दाबी गरे। उनले भने,‘छिमेकी मुलुकसँग आबेगमूखी होइन राष्ट्रियहितमा बनााउनु थियो। छिमेकीसँगको सम्बन्ध सुधार गर्न जरुरी छ।’

प्रधानमन्त्री प्रचण्डले दुई छिमेकी देशसँग भएका सम्झौता कार्यान्यनमा आफूले जोड दिने बताए। उनले भने,‘दुई देश (चीन र भारत) सँग भएका सहमति र सम्झौता कार्यान्वयनलाई प्राथमिकता दिइने छ। 

, , , , , ,

प्रतिकृया दिनुहोस्

Loading...