बहिर्गमित लडाकूका सचिवको कारागारभित्रै रहस्यमय मृत्यु

काठमाडौं १९ भदौ ।

बहिर्गमित जनमुक्ति सेना नेपालका सचिव सञ्जय जर्घामगरको डिल्लीबजार कारागारभित्रै मृत्यु भएको छ ।

मकवानपुरको भैसे घर भएका उनी भक्तपुरको गठ्ठाघरस्थित प्रविण आयल स्टोर सञ्चालनमा ठगी गरेको आरोपमा गत साउन ९ गते पक्राउ परेका थिए ।

बहिर्गमनमा परेका लडाकूहरुलाई सरकारले उपलब्ध गराएको रकमबाट जर्घामगर लगायतले पेट्रोलपम्प खोलेका थिए ।

२४ वर्षीय जर्घामगरको स्वास्थ्य पहिलेदेखि नै बिग्रिए पनि कारागार प्रशासनले उपचारका लागि अस्पताल नलगेकाले मृत्यु भएको बहिर्गमित जनमुक्ति सेना नेपालका अध्यक्ष लेनिन विष्टले बताए ।

कारागार प्रशासनले भने जर्घामगरको हृदयघात भएर मृत्यु भएको जनाएको छ । शवलाई पोष्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ ।

बहिर्गमित जनमुक्ति सेना नेपालका प्रवक्तासमेत रहेका जर्घामर्गरको बिहे गर्ने तयारीस्वरुप टीकाटालो (इङ्गेजमेन्ट) भइसकेको थियो ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...