विश्वमै उत्कृष्ट नेपाल प्रहरी, अन्तर्राष्ट्रिय पुरस्कार पाउने

काठमाडौं, १५ असोज ।

वन्यजन्तु चोरीशिकार नियन्त्रणमा योगदान पुर्‍याएको भन्दै नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले अन्तर्राष्ट्रिय पुरस्कार पाउने भएको छ ।

सन् २०१० देखि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु ऐनअन्तर्गत रहेर नेपाल प्रहरीले गरेको योदानको कदर गर्दै ‘क्लार्क आर वभिन बाइल्डलाइफ ल इन्फोर्समेन्ट अवार्ड’ प्राप्त गरेको हो ।

विश्वभरबाट प्रचलित कानुनको पालना गर्दै प्रभावकारी काम गरेको भन्दै आगामी ३ अक्टोबरमा ब्यूरोलाई अवार्ड वितरण गर्न लागिएको हो ।

विश्वभरका प्रभावकारी काम गर्ने निकायहरुबीच प्रतिस्पर्धामा नेपालले गरेको काममा सफता हासिल गरेको भन्दै अवार्ड दिने निर्णय भएको अमेरिकाको वासिंगटन डीसीस्थित एनिमल वेलफियर इन्स्टिच्यूटका अध्यक्ष काथ्यी लिसले इमेलमार्फत जानकारी दिए । राजधानी दैनिकमा खबर छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...