जेलको चिनजानले जेलै पुर्‍यायो पूर्वमन्त्री र इन्स्पेक्टरलाई

काठमाडौं १५ असोज ।

पूर्वमन्त्री श्यामसुन्दर गुप्ता र नेपाल प्रहरीका इन्सपेक्टर अनिल पण्डितबीच तीन वर्षअघि डिल्लीबजार जेलमा चिनजान भएको थियो । 

गुप्ता अपहरण मुद्दामा जेल परेका थिए भने पण्डित त्यसबेला सइका रूपमा कारागार सुरक्षाको जिम्मेवारीमा थिए । त्यही बेलाको चिनजानले दुबैलाई जेल बास गराएको थियो ।

अपहरण मुद्दामा कैद भुक्तान गरेर गुप्ता गतवर्ष जेलबाट निस्किए । यता सइ पण्डितले इन्सपेक्टरमा नाम निकाले । जेलमा कायम भएको दोस्ती झन प्रगाढ बन्दै गयो । 

गुप्ता ललितपुरमा बस्थे भने पण्डितको दरबन्दी पनि ललितपुरमै थियो । दुबै जना मिलेर पैसा कमाउने उपाय रच्न थाले र धम्क्याएर पैसा असुल्न थाले ।

यसैबीच म्यानपावर व्यवसायी तारा रेग्मीलाई अपहरणको धम्की दिएर गुप्ताले पैसा माग्न थाले । 

पण्डित के कम थिए, रेग्मीबाट उनले पैसा अशुले । लगातार पैसा माग्न धम्की दिन थालेपछि रेग्मीले प्रहरीकहाँ उजुरू दिइन् । 

पैसा असुलेको आरोपमा पूर्वमन्त्रीसहित इन्पेक्टरलाई प्रहरीले पक्राउ गर्‍यो । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...