काठमाडौं एमालेमा हजार सदस्यता वितरण विवाद,संस्थापन र नेपाल पक्षबीच तनाब


काठमाडौं, १५ असोज ।
एमाले काठमाडौंमा एक हजारभन्दा बढी सदस्यता वितरणको वैधानिकताबारे संस्थापन र नेता नेपाल पक्षबीच विवाद चर्किएको छ ।
गत ११ असोजमा सम्पन्न केन्द्रीय कमिटीले गुटबन्दी अन्त्य गर्ने घोषणा गर्दै १० बुँदे विशेष प्रस्ताव पारित गरे पनि जथाभावी सदस्यता वितरण मान्य नहुने नेपाल पक्षीय नेताहरुको अडानसँग काठमाडौंमा विवाद चर्किएको आजको नयाँ पत्रिकादैनिकमा समाचार छ ।
काठमाडौंमा केन्द्रीय सदस्य तथा संयोजक सावित्रा भुसाल र जिल्ला संयोजक कृष्ण राई संस्थापन र सहसंयोजक सुरेन्द्र मानन्धर नेपाल निकट हुन् ।
अध्यक्ष केपी ओलीको पकड जिल्ला मानिएको १ सय ३ सदस्यीय जिल्ला कमिटी हरको काठमाडौंमा नेपाल  समूहको नेतृत्व भरत फुयँलले गर्दै आएका छन् ।

, , ,

प्रतिकृया दिनुहोस्

Loading...