एकाधिकार तोडिएको विरोधमा यातायात ठप्प

काठमाडौं,१५ असोज ।
पासाङलहामु यातायत सेवा समितिले नुवाकोट र रसुवामा एकाधिकार तोडिएको विरोधमा शुक्रबार यातायात ठप्प बनाएको छ ।
नुवाकोट रसुवामा ३२ वर्षदेखि एकलौटी बस सेवा सञ्चालन गर्दै आएको समितिको एकाधिकार तोड्दै एक महिनादेखि केरुङ यातायातले छुट्टै बस सञ्चालन गरेको विरोधमा पासाङल्हामुका बस सञ्चालक विरोधमा उत्रिएका आजको अन्नपूर्णमा समाचार छ ।
विहानैदेखि पासाङल्हामु यातायात सेवा समितिले एक सय ५० भन्दा धेरै बस सदरमुकाम बिदुरसहित आसपासका सडकमा तेर्साएर अवारेध गरेका थिए ।
काठमाडौंबाट नुवाकोट तथा रसुवाबाट काठमाडौंका लागि हिँडेका बस प्रहरीले सुरक्षा दिन नसक्ने जनाएपछि बीचबाटोमै रोकिएका छन् ।
पासाङल्हामु यातायात समितिले बस तेर्साएपछि अन्य सवासरीसाधनको अवतजावतमा समेत मस्या परेको छ । स्थानीय प्रश्ाासनले  हटाउन पहल नगरेको गेर्खुका डा. उद्धव प्याकुरेलले बताए ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...