हल्लेगौँडामा जिप दुर्घटना २ जनाको मृत्यु



म्याग्दी ११ मंसिर । 

सदरमुकाम बेनीबाट भकिम्ली जाँदै गरेको ग२च २००६ नंको जिप आज साँझ भकिम्ली गाविस–८ हल्लेगौँडामा दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् ।

मृत्यु हुनेमा भकिम्लीका ६० वर्षीय गङ्गामणि छन्त्याल र बागलुङ लेखानी गाविस– ६ की उरिना रोका रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

छन्त्यालको घटनास्थल तथा रोकाको उपचारका लागि बेनी ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको हो । जिप सडकदेखि करिब ६० मिटर तल खसेको बताइएको छ ।

, , , ,

प्रतिकृया दिनुहोस्

Loading...