विश्वकप फुटबलमा उत्साहपूर्ण समर्थनसहित ४८ देश सहभागी हुने

- एजेन्सी,१४पुस ।
विश्वकप फुटबलमा ४८ देशले सहभागी गराउने योजनामा धेरै देशका फुटबल एसोसिएसनले समर्थन गरिरहेको विश्व फुटबलको प्रशासकीय निकाय फिफाका अध्यक्ष जानी इन्फान्टिनोले बताएका छन् ।
फिफाका अध्यक्ष इन्फान्टिनोले डिसेम्बरको सुरुमा एक समूहमा तीन देश रहने गरी १६ समूहमा विभाजन गरेर ४८ देशलाई विश्वकप खेलाउने प्रस्ताव गरेका थिए । प्रस्तावको पक्षमा विश्वका सबैजसो देशका फुटबल एसोसिएसन देखिएको अध्यक्ष इन्फान्टिनोको भनाई छ ।
अहिले विश्वकपमा ३२ देशले सहभागिता जनाउने गरेका छन् । ३२ देशलाई ८ समूहमा विभाजन गर्ने गरिएको छ । गएको फेब्रुअरीमा फिफाको अध्यक्ष बनेका इन्फान्टिनोले त्यसबेला विश्वकपमा सहभागी हुने टिमको संख्या ४० पुर्याउने बताएका थिए । तर डिसेम्बरको सुरुमा भने तीन देशको एक समूह रहने गरी १६ समूहमा प्रतिस्पर्धा गराउने गरी विश्वकपमा सहभागी देशको संख्या ४८ पुर्याउने योजना ल्याएका हुन् ।
यो योजना बारे आउँदो जनवरी ९ मा बस्ने फिफा काउन्सिलको बैठकमा छलफल हुनेछ । इन्फान्टिनाको योजना अनुसार १६ समूहबाट शीर्ष दुईको दरले ३२ टिम अघिल्लो चरणमा पुग्ने छन् । यो योजना पारित भएमा सन् २०२६ को विश्वकपमा ४८ देशले सहभागिता जनाउने छन् । फुटबलको सबै भन्दा ठूलो प्रतियोगितामा बढी देशले सहभागिता जनाउन पाउन् भन्ने उद्देश्यले नयाँ योजना प्रस्ताव गरेको इन्फान्टिनोले बताएका छन् ।
इन्फान्टिनोले ४८ देश सहभागी हुने अर्को प्रस्तावमा ३२ देशबिच सुरुमै नकआउट खेल खेलाउने र त्यसबाट जितेका १६ देश अघि नै छनौट भएका १६ टिमसँगै अन्तिम ३२ मा पुग्ने, त्यसपछि अहिलेको जस्तै ८ समूह बनाएर खेलाउने उल्लेख छ ।
यस्तै अहिलेको जस्तै ३२ टिमको व्यवस्थालाई नै निरन्तरता दिने पनि प्रस्ताव छ । यस्तै ४० टिम रहने विकल्प पनि इन्फान्टिनाको प्रस्तावमा छ । जसमा चार देशका दरले १० समूह वा पाँच देशका दरले ८ समूह गराउन सकिने छ । यसअघि सन् १९९८ मा विश्वकपमा सहभागी हुने देशको संख्या २४ बाट बढाएर ३२ पुर्याइएको थियो ।

प्रतिकृया दिनुहोस्
Loading...