उपेन्द्र यादबले भने 'सरकार माफिया र तस्करले चलाएका छन्'



काठमाडौं, १४ फागुन । 

संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारलाई दिएको समर्थनको दुरुपयोग भइरहेको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कमा शनिबार बिहान पत्रकार ऋषि धमलासँग कुरागर्दै अध्यक्ष यादवले पूर्वसहमतिअनुसार कुनै पनि काम नभएको बताए । ‘वर्तमान सरकारले सहमति भए अनुसार कुनै पनि काम गरेको छैन’, उनले भने, ‘सरकारलाई दिएको समर्थन फिर्ता लिने अवस्था शुरु गरिसकेका छौं । हामीले दिएको समर्थनको दुरुपयोग भयो ।’

‘सरकारले न्यायालयलाई ध्वस्त बनायो । राजदूत नियुक्तिमा दलालहरूलाई ल्यायो । मुलुकमा भ्रष्टाचार बढेको छ । शुसासन छैन । कानूनी राज्य छैन । माफिया र अपराधीले देश चलाएका छन् । अपराधीहरू आजकाल प्रधानमन्त्री र मन्त्रीहरूसँग सँगै हिँड्छ । देशलाई तहसनहस बनाएका छन्’, अध्यक्ष यादवले भने ।

स्थानीय तहको निर्वाचन कुनै पनि हालतमा हुन नसक्ने बताएका यादवले भने, ‘संविधानअनुसार जाने हो भने स्थानीय तहको चुनाव प्रदेश आफैले गर्ने हो । केन्द्रले स्थानीय तहको चुनाव गर्न मिल्दैन ।’

स्थानीय तह पुनर्संरचना आयोगको प्रतिवेदनले सबै जनता आन्दोलित भएको भन्दै अध्यक्ष यादवले भने, ‘एउटा वडामा जान तीन दिनसम्म लाग्ने गरेर सीमाङ्कन बनाइएको छ । यस्ता वाहियात सीमाङ्कनलाई कसैले मान्दैनन् ।’

, ,

प्रतिकृया दिनुहोस्

Loading...