चर्को विरोधपछि प्रस्तावित २ महिला राजदूतको नाम फिर्ता



काठमाडौं, १६ फागुन । 

सरकारले संयुक्त अरब इमिरेट्स (युएई) र ओमानका लागि प्रस्तावित दुई महिला राजदूतको नाम फिर्ता लिएको छ ।

गत सोमबारको मन्त्रिपरिषद् बैठकबाट नेपाली कांग्रेसको कोटामा युएईमा राजदूत सिफारिस आशा लामा र मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका तर्फबाट ओमानमा सिफारिस शर्मिला पराजुलीको नाम परराष्ट्र मन्त्रालयले फिर्ता लिएको स्रोतले बताएको छ ।

खाडी मुलुकमा नेपाली कामदार पठाउने म्यानपावर कम्पनी चलाउँदै आएका लामा र पराजुलीको नियुक्तिको व्यापक विरोध भएपछि परराष्ट्रले सिफारिस भएको तेस्रो दिनमै उनीहरूको नाम फिर्ता लिने निर्णय गरेको हो ।

‘यी दुई राजदूतबारे विवादास्पद प्रसंग र तथ्यहरू बाहिर आएको र त्यसपछिको चर्काे विरोधले सिफारिस फिर्ता लिने निर्णय भयो,’ परराष्ट्र मन्त्रालयका एक अधिकारीले भने ।

स्रोतका अनुसार परराष्ट्रमन्त्री प्रकाशशरण महतले कांग्रेस सभापति शेरबहादुर देउवा र लोकतान्त्रिक फोरमका अध्यक्ष गच्छदारसँग कुराकानी गरेर नै दुई जनाको नाम फिर्ता लिएका थिए ।

यसबारे परराष्ट्रमन्त्रीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई पनि जानकारी गराइसकेका छन् ।

स्रोतका अनुसार अब मंगलबार (भोलि) बस्ने मन्त्रिपरिषद बैठकले लामा र पराजुली नाम काटेर अन्य १२ जनाको नाम संसदीय सुनुवाईका लागि पठाउनेछ ।

, ,

प्रतिकृया दिनुहोस्

Loading...