राफिन्हा र मेस्सीको गोलले बार्सिलोना विजयी, रियाल मड्रिड शिर्ष स्थानमा

काठमाडौं, १६ फागुन ।
स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले एथ्लेटिको मड्रिडलाई २-१ ले हराएको छ ।
आइतबार राती एथ्लेटिको मड्रिडको मैदानमा भएको खेलमा बार्सिलोनालाई विजयी गराउन राफिन्हा र लियोनल मेस्सीले १-१ गोल गरे ।
पराजित टोली एथ्लेटिको मड्रिडका डिएगो गोडिनले एक गोल फर्काए । राती नैं भएको अर्को खेलमा रियाल मड्रिडले भियारियाललाई ३-२ ले हरायो ।
तालिकाको शिर्ष स्थानमा रहेको रियाल मड्रिडलाई विजयी गराउन ग्यारेथ बेल, रोनाल्डो र अल्भारो मोराटाले एक एक गोल गरे ।
ला लिगाअन्तर्गतका अरु खेलमा एथ्लेटिक बिल्बाओले ग्रानाडालाई ३-१ ले हराउँदा इस्पानियोलले ओसासुनालाई ३-० ले पराजित गर्यो ।
रातिका खेलहरुपछि ला लिगाको अंक तालिकामा २३ खेलबाट ५५ अंक जोडेको रियाल मड्रिड शिर्ष स्थानमा छ ।
एक खेल बढी खेलेको बार्सिलोना ५४ अंकसहित दोस्रो स्थानमा छ भने तेस्रो स्थानको सेभियाको ५२ अंक छ ।
प्रतिकृया दिनुहोस्
Loading...