प्रेमिकाको बयान : प्रेमीलाई पढाउन ठगी गरे

  • काठमाडौं ।
३० भन्दा धेरै युवालाई ठगी गरेको आरोपमा २३ वर्षीया युवती पक्राउ परेकी छन् । महानगरीय प्रहरी परिसर ललितपुरले पाटन सुन्धारा बस्ने सुरक्षा बज्राचार्यलाई पक्राउ गरेको हो ।

बज्राचार्यले प्रेमीलाई पढाइ खर्च जुटाउन आफूले ठगी गर्नुपरेको बताएकी छन् । उनले आफ्नो प्रेमी भारतमा रहेको र उसले खर्च मागिरहने भएकाले आफूले पैसा कमाउन साथीहरुलाई ठगी गरेको बयान दिएकी छन् ।
आजको नयाँ पत्रिकामा खबर छ ।

प्रतिकृया दिनुहोस्

Loading...