तीन वर्षदेखि हातमा श्रीमतीको हतकडी, घरमै बन्दी छन् महोत्तरीका बलिराम

  • महोत्तरी ।
महोत्तरीको साविकको बिजलपुरा गाविस-१ जुडीकी ३१ बर्षीया भागकुमारी देवीले आफ्ना श्रीमानलाई हतकडी लगाएर राख्न बाध्य छिन्। 

भाग कुमारीका श्रीमान् ३४ बर्षीय बलिराम सिंहलाई उनले तीन बर्षदेखि फलामे साङ्लोको हतकडी लगाएर राखेकी छिन्।

झन्डै १२ बर्षदेखि मानसिक रोगबाट पीडित बलिरामले आफ्ना ६० बर्षीय बुवा खेहरु सिंहको टाउँको लाठीले हिर्काएर फुटाइदिए। 

छरछिमेकमा पनि दुःख दिन थालेपछि परिवारले उनलाई बन्धक बनाएको हो। बलिरामको कुटाईबाट उनका बुवा खेहररु गम्भीर घाइते भएका थिए। 

तीन वर्षको अवधिमा उनका बुबाको उपचारका लागि ११ लाख खर्च भयो। त्यो सबै खर्च एक विघा खेत बेचेर जुटाइएको थियो। तर, पूर्ण रुपमा सन्चो भएन।

कतकडीमा रहेका बलिरामका शरीरमा जुनसुकै मौसममा पनि एउटा गन्जी बाहेक केही हुँदैन। उनको शरीरमा गन्जी लगाउन समेत भाग कुमारीलाई समस्या हुन्छ। 

हातमा लगाइएको हतकडीले गर्दा बलिरामको शरीरमा गन्जीको माथिलो भाग च्यातेर काँधमा नखुस्किने गरि गाँठो पार्नुपर्छ।

क्षणमै रिसाउने, कराउने, मान्छेलाई देख्न नसक्ने, घरमाथि, मान्छेमाथि ढुंगा फ्याल्ने जस्ता कार्यबाट घर परिवारका सदस्य आजित भइसकेका छन्। 

बलिरामकै उपचारमा पनि झन्डै १० लाख खर्च भई सकेको भागकुमारी देवीको भनाइ छ। मानसिक रोगबाट पीडित सिंहले डाक्टरको सल्लाह बमोजिम औषधि खान नमानेपछि उनको समस्या अझ बल्जिएको छ।

तीन छोरी र एक छोराका पिता रहेका बलिरामको घर परिवारमा पुरुष मान्छे अभिभावक नहुदाँ घरपरिवार र व्यवहार धान्न भाग कुमारीलाई समस्यै समस्या छ। आजको अन्नपूर्ण पोस्टमा राजकरण महतोको रिपोर्ट छ। 

बलिरामले बुवालाई कुट्दा उपचारमा खर्चिका ३ लाख अझै ऋण छ। कक्षा १० सम्म पढेका बलिराम अहिले मानसिक रोगबाट पीडित भएपछि घर न घाटका भएका छन्। भागकुमारीले श्रीमान्, छोराछोरीलाई पालिरहेका छिन्।

, ,

प्रतिकृया दिनुहोस्

Loading...