बैतडीमा १ सय भैंसीलाई सुत्केरी भत्ता वितरण

  • बैतडी । 
भैंसीपालन प्रवद्र्धन र पशु बिमा बढाउन सरकारले सुरु गरको सुत्केरी भैंसीलाई भत्ता वितरणमा कृषकको आकर्षण बढेको छ । भैंसीपालन व्यावसायिक बनाउन गत आवदेखि भैंसीलाई सुत्केरी भत्ता कार्यक्रम लागू गरिएको हो। 

पहिलो चौमासिकमा शून्य सहभागिता भए पनि आवको अन्तमा १ सय भैंसीलाई सुत्केरी भत्ता वितरण गरिएको जिल्ला पशुसेवा कार्यालयले जनाएको छ । प्रक्रिया र लाभबार जानकार नहुदा कृषक बिमामा सहभागी हुन सकेका थिएनन् ।

पशु बिमा गरका सुत्केरी भैंसीलाई २ हजार ५ सयका दरले पोषण र उपचार खर्चबापत भत्ता दिइदै आएको छ । ब्याउनु एक महिनाअघि वा ब्याएको २ महिनाभित्र पशु सेवा केन्द्रमा सुत्केरी भत्ताका लागि निवेदन दिनुपर्ने प्रावधान छ ।

कृषकको निवेदन र पशु स्वास्थ्य प्राविधिकको सिफारिसमा भत्ता दिइने व्यवस्था छ । सुत्केरी भत्ता पाएपछि कृषकहरू भैंसीपालनमा आकर्षित हुन थालेका छन्। पशु र बाली बिमा गर्दा सरकारले प्रिमियममा ७५ प्रतिशत अनुदान दि“दै आएको छ । 

बिमा गरका भैसीलाई मात्रै भत्ता दिने व्यवस्था भएकाले सुरुमा कृषकले चासो दिएका थिएनन्। बिमा गरका पशुको मृत्युपछि रकम पाएको देखेर पशु बिमामा आफूहरूले चासो दिन थालेको दोगाडाकेदार ५ का पदमसिंह भाटले बताए । 

‘पशु बिमा गर्दा कृषकले थोरै तिनुपर्छ, मृत्यु भए ९० प्रतिशत क्षतिपूर्ति पाइन्छ,’ भाटले भने, ‘ब्याउने भैंसीलाई थप सुत्केरी भत्ता छ, बिमाको महत्व बुझेपछि

भैंसीपालनमा चासो बढेको हो ।’ सस्तोमा बेचेर तराई पठाउन थालेका कृषकमा बिमा र सुत्केरी भत्ताले आकर्षित गराएको उनले बताए । -कान्तिपुर दैनिक

, ,

प्रतिकृया दिनुहोस्

Loading...