१२ वर्षीया बालिकाको बलात्कारपछि हत्या

  • जनकपुरधाम । 

जनकपुरमा एक १२ वर्षीया बालिकालाई बलात्कारपछि निर्मम हत्या गरिएको छ। जनकपुर उपमहानगरपालिका १ मुसहरी टोलका कृष्णदेव साहकी १२ वर्षीया छोरी विविका साहको बलात्कार पछि हत्या गरिएको छ ।

साहको घरमै डेरा गरी बस्दै आएका महोत्तरी जिल्लाको बहेडा बेला ४ निवासी ३५ वर्षीय रामचन्द्र महतोले विविकाको बलात्कारपछि हत्या गरेका हुन्। यो खबर आजको अन्नपूर्ण पोस्टमा छ ।

मंगलबार घरमा आमा बुवा नभएको बेला विविका र उनकी १० वर्षीया कान्छी बहिनी पुष्पा घरमा बसेका थिए। सोही घरमा अर्को कोठा भाडा लिएर बस्दै आएका महतोले दिउँसो मृतककी कान्छी बहिनी पुष्पालाई घरबाट अली पर रहेको पसलबाट पानपराग र चकलेट किनेर ल्याउन फकाए ।

पुष्पा घरबाट निस्केर पसल गएपछि विविका एक्लै थिइन्। सोही बेलामा महतोले उनलाई बलात्कार गरी हत्या गरेको धनुषाका प्रहरी उपरीक्षक लालमणि आचार्यले जानकारी दिए।

२०७४ साउन ३२ गते प्रकाशित

, ,

प्रतिकृया दिनुहोस्

Loading...